नेपाल आर्मीको अधिकृत क्याडेट पदको Online फाराम भर्ने तरिका
Nepal Army Cadet Online Form User Guideline
नेपाली सेनाको Online फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु
- नेपाल आर्मी वेबसाइट www.nepalarmy.mil.np को Join The Army को Recruitment & Selection बटनमा Click गर्नुहोस् । Click गरेपछि Nepal Army को Online Recruitment Management System Portal Open हुन्छ ।
- उम्मेदवारले आफ्नो विवरण सत्य, तथ्य र प्रष्ट रुपमा भर्नु पर्नेछ । * चिन्ह भएको महल अनिवार्य रुपमा भर्नु पर्नेछ ।
- व्यक्तिगत विवरण भर्न Apply Online मा Click गरेर सबै महल भर्नु पर्दछ ।
- जन्म मिति , नागरिकता नं. जारी गर्ने जिल्ला एक पटक भरेपछि सच्याउन सकिने छैन ।
- Online फाराम भरेर डाउनलोड भएको PDF File (दरखास्त फाराम) लाई प्रिन्ट गरी तोकिएको नेपाली सेनाको कार्यालयमा गई नियम अनुसार लाग्ने दस्तुर बुझाईप्रवेश पत्र लिन सक्नु हुनेछ । ( प्रिन्ट गरिएको दरखास्त फाराम, फाराम भर्ने अन्तिम मिति सम्म तोकिएको नेपाली सेनाको कार्यालयमा बुझाईसक्नु पर्नेछ ।)
- दरखास्त साथ विज्ञापनमा भएका अतिरिक्त तोकिएका कागजहरु समेत अनिवार्य रुपमा उम्मेदवारले आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
Online फाराम भर्ने तरिका
१. नेपाल आर्मी वेबसाइट www.nepalarmy.mil.np को Join The Army को Recruitment & Selection बटनमा Click गर्नुहोस् । Click गरेपछि Nepal Army को Online Recruitment Management System Portal Open हुन्छ ।
२. Online Recruitment Management System Portal Open भएपछि Apply Online Form Button मा Click गर्नुहोला .
३. Click गरेपछि खुलेको Online Form Validation फारममा सोधिएको विवरण (आवेदकहरुको उमेर, शैक्षिक योग्यता, दरखास्त प्रकार, नागरिकता नं. र नागरिकता जारी गरेको जिल्लाको जिल्ला र मिति ) सहि भर्नुहोस् र Continue भन्ने Button मा Click गर्नुहोस् ।
४. Continue Button मा Click गरेपछि Detail Entry Form खुल्नेछ । अब आफ्नो बाँकि सोधिएको सम्पुर्ण विवरण भर्नुहोला ।
५. सम्पुर्ण विवरण भरिसकेपछि Submit Record भन्ने Button मा Click गर्नुहोला ।
६. फाराम बुझाईसकेपछि तपाईलाई Webpage मा फाराम बुझिसकेको Confirmation message आउनेछ र तपाईले भर्नुभएको डाटाहरु सोही पेजमा देखिनेछ ।
७. देखाईएको डाटा हरु सच्याउनु परेमा Edit Button Click गरी सच्याउन सकिनेछ र देखाईएको डाटा हरु ठिक छ भने Create PDF Button Click गरी आफुले भरेको फाराम PDF Format मा Download गर्न सकिनेछ । PDF Download गरीसकेपछि Online फाराममा केही सच्याउन सकिने छैन ।
८. Online फाराम Submit गरीसकेपछि यदि तपाई फारम प्रिन्ट गर्न वा फारम pdf मा सेभ गर्न असक्ष्यम हुनुभएमा नेभिगेशन बारमा रहेको “Request For Form Recovery” लिङ्कमा क्लिक गर्नुहोस् वा यहाँ क्लिक गरेर मागिएको सहि विवरण दिई आफुले भरेको फारम प्राप्त गर्नसक्नु हुनेछ ।
८. तपाईले डाटा ईन्ट्रि गर्दा कुनै प्राविधिक समस्या आएमा Report Technical Problems मा गई तल उल्लेखित विवरण भरेर Submit गर्ने ।